nmb bank

गृहपृष्ठ रावा इनर्जि डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रावा इनर्जि डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रावा इनर्जि डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । सोमध्ये ८७ हजार ६७० कित्ता शेयर बाँडफाँट गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता शेयर बाँकी रहेको थियो ।

सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमा सो शेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर निष्काशनमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु