nmb bank

गृहपृष्ठ विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित  १३ जना पक्राउ
झापाको दमक नगरपालिका–३ बेलडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्रामसहित ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय निर्पा राई, ३२ वर्षीय सन्जोग गुरुङ, १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध र २ थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी भद्रपुर नगरपालिका–५ देविबस्ती मेचिकिनारबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ३ सय २० मिलिग्रामसहित नुवाकोट तार्केश्वर गाउँपालिका–३ बस्ने २९ वर्षीय सानुबाबु रिमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै  मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका–६ बस्ने ३५ वर्षीया दिल माया श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर एयरपोर्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम २ सय १० मिलिग्रामसहित कमल गाउँपालिका–७ घर भई हाल काठमाडौं नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । यति एयरलाइन्सद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकी उनलाई बिमानस्थल सुरक्षा गार्ड झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्रामसहित केराबारी गाउँपालिका–७ बस्ने २५ वर्षीय हिमाल लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
म्याग्दीको  बेनी नगरपालिका–९ नेप्टेचौर बस्ने २४ वर्षीय सुनिल परियारलाई अवैध लागूऔषध गाँजा १ केजी ९ सय ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गलेश्वर र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित चुरे गाउँपालिका–५ खानिडाँडा बस्ने २२ वर्षीय दिनेश अर्खाली मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–२ बाट नियन्त्रित लागूऔषध नुफिन ७० एम्पुल, फेनारगन ९२ एम्पुल र डाईजेपाम ९१ एम्पुलसहित धादिङ गंगाजमुना गाउँपालिका–८ बस्ने २९ वर्षीय पूर्ण थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले ना.२ ह १७७० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार थापालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु