गृहपृष्ठ सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको गौरीगंगामा
सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको गौरीगंगामा
सन्राइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा नपा–३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ । बैंकले गौरीगंगा न.पा.–३, कुचैनी कैलालीमा खोलेको शाखा बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद पौडेललाई नियुक्त गरेको छ ।
सोमबार जेठ १ मा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका वडा नम्बर ३, का वडा अध्यक्ष मनिराज जोशी र सभापतिमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानिय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायत अन्य कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित समय : ०८:३४ बजे


















