global ime bank Long Banner Ad

गृहपृष्ठ नुहाउने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु

नुहाउने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु

नुहाउने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु

बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ । बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएकोमा उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु