global ime bank Long Banner Ad

गृहपृष्ठ भारतमा खचाखच भरिएको बस पुलबाट खस्यो, १५ को मृत्यु

भारतमा खचाखच भरिएको बस पुलबाट खस्यो, १५ को मृत्यु

भारतमा खचाखच भरिएको बस पुलबाट खस्यो, १५ को मृत्यु

 भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २० २५ जना घाइते भएका छन् ।खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बाट बस बैराड नदीमा खसेको थियो । नदीमा पानी थिएन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु