global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

१० पेज लामो न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जनरविकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

सत्ता गठबन्धनमा सामेल दलहरुबाट सुझाव लिएर सरकारले न्यूनतम साझा कार्यक्रम बनाएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कुन दललाई कति मन्त्रालय भन्ने भागबन्डा टुंगिएसँगै न्युनतम साझा कार्यक्रममा पनि सहमति भएको हो।

सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, प्रभु शाह नेतृत्वको आमजनता पार्टी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, सीके राउत नेतृत्वको जनमत पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी हुँदैछन् ।

हाल गठबन्धनमै सामेल भएपनि राष्ट्रिय जनमोर्चाले सरकार र न्यूनतम साझा कार्यक्रमप्रति अनिच्छा देखाएको छ ।

प्रकाशित समय : ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु