गृहपृष्ठ मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिहान ११ बजेका लागि तय गरिएको छ ।
विस्तार हुन लागेको मन्त्रिपरिषद्मा पठाउने मन्त्रीहरु छान्न बैठक बस्न लागेको हो ।
सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।
नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ ।
प्रकाशित समय : ०८:४४ बजे



















