काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गुराँस लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

5.25K
shares

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.२७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

गत चैत ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई बाेनस सेयर मात्र दिने प्रस्ताव गरेको हो । उक्त बाेनस सेयरमा लाग्ने कर स्वयं सेयरधनीले नै तिर्नुपर्ने छ । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँ छ ।