global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता गठबन्धनमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल सुरु

सत्ता गठबन्धनमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल सुरु

सत्ता गठबन्धनमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल सुरु

सत्ता गठबन्धनमा सरकारको न्यूनतम साझा कार्यक्रममाथि फेरि छलफल सुरू भएको छ । यसअघि एमालेसहितको गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक भए पनि अहिले कांग्रेससहितको अर्को नयाँ गठबन्धन बनेपछि फेरि सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न लागिएको हो ।

बिहीबार गठबन्धनका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्यसबारे छलफल भएको छ । छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठसहित नेताहरू सहभागी थिए ।

कांग्रेस मुख्य सचेतक लेखकले गठबन्धनमा मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा एकै साथ छलफल अघि बढेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बिहीबार साँझ पनि भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार नै पुगेका थिए । भेटमा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनका विषयहरूमा छलफल भएको निकट नेताहरूले जनाएका छन् ।

६ चैतमा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको भनेका छन् । तर गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन भने १६ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीको काँधमा छ ।

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु