nmb bank

गृहपृष्ठ टीभीएसकाे एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

टीभीएसकाे एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

टीभीएसकाे एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट)सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत चैत ४ गते शनिबार आयोजना भएको यस राइड नक्साल शोरुमबाट सुरु भएर नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट)सम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेल पनि खेलाइएको थियो । सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । यसका साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु