nmb bank

गृहपृष्ठ आर्थिक वृद्धिदरमा केही सुधार , यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

आर्थिक वृद्धिदरमा केही सुधार , यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

आर्थिक वृद्धिदरमा केही सुधार , यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको विस्तार ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यो गत आर्थिक वर्षको तुलनामा एक प्रतिशत बिन्दु भन्दा बढी हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको विस्तार ३.८७ प्रतिशतले हुने अनुमान गरिएको हो । कार्यालयले यो वर्षको ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी ८–१२ महिनाको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार ३.८७ को वृद्धिदर उपभोक्ता मूल्यमा हो । आधारभूत मूल्यमा भने अर्थतन्त्रको विस्तार ३.५४ प्रतिशत मात्र रहने अनुमान गरिएको कार्यालयले जनाएको छ । यो वर्ष अनुमान अनुसार आर्थिक वृद्धिदर पुगे नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुग्ने छ ।

कार्यालय प्रमुख अर्जुनप्रसाद पोखरेलले अहिलेसम्म देखिएको तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गर्ने बताए । सरकारले चालु बजेटमार्फत यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । अहिलेको उपलब्धि भने लक्ष्यभन्दा धेरै न्यून हो ।

सरकारले बजेट मार्फत राख्ने लक्ष्य एकाध वर्ष बाहेक कहिल्यै पुरा भएको देखिदैन । प्रायः सबै अर्थमन्त्रीहरुले आर्थिक वृद्धिको लक्ष्य धेरै राख्ने गरेका छन् । गत आवमा अर्थतन्त्रमा देखिएको शिथिलताले आर्थिक वृद्धिदर १.९५ प्रतिशत मात्रै भएको थियो । यो वर्ष पनि शिथिलता कायमै छ । तर आर्थिक वृद्धिदरमा केही सुधार भएको छ ।

 

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु