गृहपृष्ठ सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि फर्काएर काठमाडौं अवतरण
सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि फर्काएर काठमाडौं अवतरण
काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।
यो जहाज उड्नुपूर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।
विमान काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको हो ।
प्रकाशित समय : १०:५७ बजे



















