nmb bank

गृहपृष्ठ क्यानको साधारण सभा आजदेखि सुर्खेतमा

क्यानको साधारण सभा आजदेखि सुर्खेतमा

क्यानको साधारण सभा आजदेखि सुर्खेतमा

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु हुँदैछ ।

क्यानले पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागेको हो । आज आइतबार र सोमबार दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी-२० लिगको विषयमा छलफल हुनेछ ।

गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी-२० लिगमा विभिन्न विवादेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भएको थियो ।

पहिलो संस्करणमै निकै विवाद बनेपछि नेपाल टी–२० लिग अब कसरी अगाडि बढाउने भन्ने विषयमा साधारण सभामै छलफल गर्ने निर्णय गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।

यस्तै व्यावसायिक तथा रणनीतिक साझेदारको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौताको विषयमा पनि छलफल हुनेछ ।

लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सले यसअघि नै एकपक्षिय रुपमा सम्झौता रद्द गरिएको जानकारी क्यानसहित राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको थियो । तर क्यानले अझै सेभेन थ्रीबाट लाइसेन्स फि को रकम देखि पुरस्कार रकम पाउन बाँकी नै रहेकोले यस विषयमा साधारण सभाबाटै निर्णय गर्ने जनाएको छ ।

यस बाहेक साधारण सभा संघको २०२३ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट अनुमोदनको विषयमा पनि छलफल हुनेछ । आर्थिक नियमावली संशोधनको विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु