global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिक्विन्टल १८६ रुपैयाँ बढाएर गहुँको समर्थन मूल्य

प्रतिक्विन्टल १८६ रुपैयाँ बढाएर गहुँको समर्थन मूल्य

प्रतिक्विन्टल १८६ रुपैयाँ बढाएर गहुँको समर्थन मूल्य

सरकारले गत वर्षभन्दा प्रतिक्विन्टल १ सय ८६ रुपैयाँ बढाएर गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ तोकेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा ३ हजार १ सय ६५ रुपैयाँ समर्थन मूल्य तोकिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गहुँको न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी गराएकी हुन् ।

खाद्य बालीको समर्थन मूल्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सुझाव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृत हुन्छ । गहुँको समर्थन मूल्य आर्थिक वर्ष २०७६/७७ देखि तोकिँदै आएको छ । उक्त आर्थिक वर्षमा प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ समर्थन मूल्य तोकिएको थियो । २०७७/७८ मा प्रतिक्विन्टल ९६ रुपैयाँ बढाएर ३ हजार १ सय ११ रुपैयाँ पुर्‍याइएको थियो ।

‘समर्थन मूल्य बाली लगाउनुभन्दा ३ महिनाअघि नै तोक्नुपर्ने हो, त्यसको आधारमा किसानहरूले बाली लगाउने सोच बनाउँछन् । तर, यहाँ बाली बेचिसकेपछि मूल्य तोकिन्छ,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘धानको अनुपातमा गहुँको मूल्य ढिला भएको छैन । तर, योभन्दा अझै अगाडि तोकिदिए किसानलाई राम्रो हुन्थ्यो ।’

मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि समर्थन मूल्य कार्यान्वयनको जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयको हुन्छ । मन्त्रालयअर्न्तगतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद गर्नुपर्ने हो । तर, कम्पनीले समयमै खरिद नगर्दा किसानको उत्पादन बिचौलियाले खरिद गर्दै आएका छन् ।

जसले गर्दा किसानले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन् । अधिकारीका अनुसार कतिपय स्थानमा गहुँ पोसाउँदै छ । कुनै ठाउमा काट्ने बेला हुँदैछ ।

प्रकाशित समय : ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु