global ime bank Long Banner Ad

गृहपृष्ठ भारतले दियो नेपाललाई दुई सय थान मिर्गौला डायलासिस मेसिन

भारतले दियो नेपाललाई दुई सय थान मिर्गौला डायलासिस मेसिन

भारतले दियो नेपाललाई दुई सय थान मिर्गौला डायलासिस मेसिन

भारतले नेपाललाई दुई सय थान मिर्गौला डायलासिस मेसिन प्रदान गरेको छ । नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसरमा स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले स्वास्थ्यमन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्।

मन्त्री गिरीले धेरै मानिसले समयमै डायलासिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त दुई सय थान डायलासिसले धेरै हदसम्म समस्या हटाउने बताए । ‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पुर्‍याउन सकेमा डायलासिसका लागि समय पर्खिनु पर्ने समस्या हट्छ, उनले भने,‘ भूकम्प र कोभिड पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ । नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ ।’

मन्त्री गिरीले नेपाल र भारतबीच सरकार–सरकारमा मात्र नभई जनतामाझ पनि सामाजिक र आर्थिकरूपले घनिष्ठ सम्बन्ध रहेको बताए । ‘भारतले पनि छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ । यो हाम्रो लागि खुशीको कुरा हो । यहीकारण हामी लामो समयदेखि सहकार्य गरिरहेका छौं । भारतबाट स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि जुन सहयोग आएको छ,त्यो सहयोग हाम्रा लागि अमुल्य छ, गिरीले भने ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु