गृहपृष्ठ सुर्खेतमा आजदेखि कर्णाली उत्सव ‘कुडा कर्णाली’

सुर्खेतमा आजदेखि कर्णाली उत्सव ‘कुडा कर्णाली’

सुर्खेतमा आजदेखि कर्णाली उत्सव ‘कुडा कर्णाली’

‘कर्णाली उत्सव कुडा कर्णाली’को चौथो संस्करण सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आजदेखि सुरु हुँदैछ । तीन वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कर्णाली उत्सव ‘कुडा कर्णालीका’को चौथो संस्करण आइतबारसम्म चल्ने छ ।

कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा उत्सव रहने आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए । उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १६ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन् । त्यस्तै पैकेलोका कथाहरू, लोकबाजाका प्रस्तुतिहरूसँगै विभिन्न विषयमा छलफल हुनेछन् ।

आज बिहान ११ बजे उत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नेछन् । त्यसअघि बाजासहित र्‍याली निकालिएको छ ।

उद्घाटन सत्रमा कर्णाली उत्सवको चौथो संस्करणसम्मको यात्रा, वीरेन्द्रनगरमा स्वागत, हामी कसरी जोडियौं, कर्णाली उत्सवदेखि लाम्रा संवादसम्म लगायतका उत्सवसँग सम्बन्धित विषयमा यसमा जोडिएका व्यक्तिहरूबाट प्रस्तुति रहने आयोजकले जनाएको छ ।

साथै जुम्लाको तातोपाली गाउँपालिकाका स्थानीयहरूको पञ्चेबाजा पनि प्रस्तुत गरिनेछ । उत्सवको पहिलो दिन शुक्रबार ६ वटा बहसमूलक सत्र सञ्चालन हुनेछन् । जसमा कर्णाली चिन्तन, कर्णाली खेल्दोछ, यो सहर : त्यो सहर, भोट–भेट, शिक्षा र समर्पणमाथि बहस हुनेछ ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु