nmb bank

गृहपृष्ठ संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न

संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न

संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न

संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न भएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रक्रिया, क्यानभासको व्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’ बारेमा स्पष्ट पारे । ‘संसारभरि अंगुरबाट बनेको अल्कोहोविक बेवरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ । क्यानभास वाइन नितान्त अंगुरबाट बन्ने गरेको छ,’ उनले भने ।

क्यानभास वाइन नेपालमै बनेको भए पनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यातयोग्य भएको कार्कीको दाबी छ । विगतका दिनमा कम्पनी बहुपक्षीय रुपमा सञ्चालन भएकोमा हाल आएर कम्पनी व्यवस्थित र गुणस्तरीय व्यवस्थापनको रुपमा सञ्चालनमा ल्याइएको कार्कीले जानकारी दिए ।

स्वागत मन्तव्य राख्दै कम्पनीका विक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले क्यानभासको बजारको अवस्था कम्पनीको आगामी रणनिती लागायत जानकारी दिए । सन् २०१६ मा स्थापना भएको संकटा वाइन एण्ड बेवरेज हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिक्तम हिस्सा ओगटेको छ ।

नयाँ बानेश्वरमा शक्रबार भएकाे साे कार्यक्रममा मदिरा व्यवसायी महासघंका अध्यक्ष सोनाम शेर्पा, कम्पनीकी अध्यक्ष रोश्नी कार्की, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्की , विक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारी, मदिरा व्यवसायी संघ काठमाडौं, मदिरा व्यवसायी संघ ललितपुर, मदिरा व्यवसायी सघं भक्तपुर, मदिरा संघ काभ्रेका प्रतिनिधि र उपत्यकामा रहेका व्यवसायिक प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कम्पनीको फ्याक्ट्री काभ्रेपलान्चोकको नालामा अवस्थित छ, जसमा प्रत्यक्ष रुपमा १ सय भन्दा धेरै कर्मचारीले रोजगारी पाइरहेका छन् । वाइनको स्वाद र गुणस्तरका कारण क्यानभासको दिन प्रतिदिन लोकप्रियता बढिरहेको कम्पनीकाे दाबी छ । कम्पनीले नेपालभर ७५ वटा वितरक सञ्जाल बनाइसकेको छ र थप वितरकहरू बढाउने क्रममा छ । कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर वाइन रहेको छ ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु