global ime bank Long Banner Ad

गृहपृष्ठ साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज भारतसँग खेल्दै

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज भारतसँग खेल्दै

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज भारतसँग खेल्दै

बंगलादेशको ढाकामा भइरहेको साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने अवस्था छ ।

चार राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।

एक हार र एक जितबाट नेपालको तीन अंक छ र तेस्रो स्थानमा छ । पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

तुलनात्मक रुपमा भारत बलियो प्रतिद्वन्द्वी भएकोले नेपालका लागि फाइनल पुग्नु ठूलो चुनौती छ । नेपालसँग पराजित हुँदा भारत बाहिने अवस्था रहेकोले भारत नेपालसँग हार्न चाँहदैन ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु