गृहपृष्ठ सत्ता साझेदार दलहरु एक ठाउँमा-अर्थमन्त्री विष्णु पौडेल
सत्ता साझेदार दलहरु एक ठाउँमा-अर्थमन्त्री विष्णु पौडेल
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार दलहरु एक ठाउँमा भएको प्रष्टीकरण दिँदै कांग्रेससँगको छलफलबारे चिन्तित हुनु नपर्ने जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वासको मत दिने कांग्रेससँग छलफल गर्ने बताएका सन्दर्भमा पौडेलले यस्तो प्रष्टीकरण दिएका हुन् ।
‘भोलि विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ । हाम्रा कुराहरु पनि राखिन्छ,’ पौडेलले पत्रकारहरुसँग भने ।
प्रधानमन्त्रीले कांग्रेससँग किन सल्लाह गर्न लाग्नुभएको भन्ने प्रश्नमा मन्त्री पौडेलले सरकार जुन दलहरुको सहमतिमा अगाडि बढेको छ, सोही गतिमा अगाडि बढ्ने बताए ।
प्रकाशित समय : १७:१४ बजे



















