global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शेखर–गगन समूहको बैठक बस्दै, केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने

शेखर–गगन समूहको बैठक बस्दै, केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने

शेखर–गगन समूहको बैठक बस्दै, केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ । २२ पुसमा बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै कांग्रेसले २८ पुसमा बैठक सारिएको हो ।

नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै कांग्रेसमा तीव्र असन्तुष्टि बढेको छ ।

सभापति शेरबहादुर देउवाकै कारण सत्ताबाट बाहिरिनुपरेको आरोप डा. शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । केही समयदेखि गुटगत छलफलमा व्यस्त शेखर–गगन समूहको बैठक आज फेरि बस्ने भएको हो । इतरसमूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको भनेको छ । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने बुझिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु