गृहपृष्ठ गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६ पुग्यो
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६ पुग्यो
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पोजिटिभ पुष्टि भएसँगै संक्रमितको संख्या ५६ पुगेको छ ।
गण्डकी प्रदेशको तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भएका सोही पालिका स्थित क्वारेन्टिनमा रहने वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वस्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ ।
अहिले उनीहरूलाई तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
प्रकाशित समय : १२:५० बजे



















