काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम

5.4K
shares

आज सन् २०२२ को डिसेम्बर २५ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रमः

रोमानियाका राष्ट्रपतिलाई मृत्युदण्ड
सन् १९८९ मा रोमानियाका राष्ट्रपति निकोला सेउसेस्कु र पत्नी एलेनालाई मृत्युदण्ड दिइएको थियो । क्रान्तिपछि कम्युनिष्ट नेता सेउसेस्कुलाई अपदस्थ गरिएको थियो ।

अफगानिस्तानमाथि रुसी हमला
सन् १९७९ मा रुसद्वारा अफगानिस्तानमा आक्रमण सुरु भएको थियो । ९ वर्ष लामो युद्धमा सोभियतविरोधी विद्रोही मुजाहिद्दीनले अमेरिका र अन्य पश्चिमी सहयोगीहरूबाट समर्थन प्राप्त गरेको थियो ।

जापानका १२४औँ सम्राट
सन् १९२६ मा सम्राट सोवा भनेर चिनिने मिचिनोमिया हिरोहितो आफ्ना पिता सम्राट योशिहितोको मृत्युपछि जापानको १२४औँ सम्राट बने । हिरोहितो ६२ वर्षसम्म जापानका सम्राट रहे । उनी जापानको सबैभन्दा लामो समयसम्म शासन गर्ने सम्राट समेत बने ।

डिम्बग्रंथीको शल्यक्रिया
१८०९ मा अमेरिकी चिकित्सक एफ्राइम म्याकडोवेल डिम्बग्रंथीको ट्यूमर सफलतापूर्वक हटाएका थिए । रेकर्ड गरिएको पहिलो इतिहासमा उनी सो शल्यक्रिया गर्ने पहिलो व्यक्ति हुन् । उनलाई पेटको शल्यक्रियाको पिता भनेर चिनिन्छ ।

मुस्लिम तीर्थयात्रीको मृत्यु
१९७६ मा तीर्थयात्राबाट मक्का फर्किएका सयभन्दा बढी मुसलमानको डुंगा डुबेर मृत्यु भएको थियो ।