global ime bank Long Banner Ad

गृहपृष्ठ क्लब फुटबलमा फर्किए एम्बाप्पे

क्लब फुटबलमा फर्किए एम्बाप्पे

क्लब फुटबलमा फर्किए एम्बाप्पे

कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् ।

एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन । फ्रान्स लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।

फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगितामा कूल आठ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए । पिएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आगामी बुधबार स्ट्रार्सबर्गको सामना गर्दैछ ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु