global ime bank Long Banner Ad

गृहपृष्ठ ‘आइसीटी अवार्ड’का उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

‘आइसीटी अवार्ड’का उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

‘आइसीटी अवार्ड’का उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

आइसीटी अवार्डले साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ । सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आइसीटी अवार्डले यस वर्षदेखि साउथ एसिया स्टार्टअप विधा थप गरेको थियो ।

यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त भएको थियो । त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । साउथ एसियाका उत्कृष्ट ५ स्टार्टअपमा बंगलादेशको बोरक, श्रीलंकाको एक्जामहब र म्याजिकबिट, पाकिस्तानको पोल्टा इंक तथा भारतबाट टेक फोर बिलियन (चिंगारी) पर्न सफल भएका छन् ।

उत्कृष्ट ५ स्टार्टअप

बोरक

बोरक बंगलादेशको सुपर एप हो । यसले राइड शेयरिङ, शप म्यानेजमेन्ट सोलुसन, वालेट लगायतको सेवा दिँदै आएको छ ।

एक्जाम हब

एक्जाम हब श्रीलंकाको स्टार्टअप हो । यो एउटा गेमिफाइड एक्जामिनेसन सिस्टम हो ।

म्याजिक बिट

म्याजिक बिट पनि साउथ एसिया स्टार्टअप अवार्डको उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप हो । म्याजिक बिट लर्निङ प्लेटफर्म हो, यसले एआई, आइओटी,रोबोटिक्स, प्रोग्रामिङ लगायतका नयाँ प्रविधि प्रयोग गरेर विद्यार्थीलाई सिकाउँछ ।

समग्रमा भन्नुपर्दा यो स्टिम एजुकेसन सोलुसन हो ।

पोल्टा इंक

पोल्टा इंक पाकिस्तानको स्टार्टअप हो । यसले कृषकहरूको पोल्ट्री फार्मको मूल्य श्रंखला पहिले नै पत्ता लगाउन, भविष्यवाणी गर्न र नोक्सान रोक्न मद्दत गर्दै आएको छ ।

चिंगारी

चिंगारी भारतीय स्टार्टअप हो । यसले टिकटकको जस्तै शर्ट भिडियो सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु