काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैतडीमा मदिरा सेवन गरेका एक पुरुष नर्सको कोठामा छिरेपछि पक्राउ

7.52K
shares

बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्यर्वहार गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन् । सोमबार राति ९ बजेको समयमा मदिरा सेवन गरेर नर्सको कोठामा पसेर अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

पाटन नगरपालिका वडा नम्बर ४ मा रहेको भुवनेश्वर स्वास्थ्य चौकीमा कार्यरत नर्सलाई दुव्र्यवहार गरेको उजुरी परेपछि महरालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।