nmb bank

गृहपृष्ठ विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल–क्रोएसिया र अर्जेन्टिना–नेदरल्याण्ड्स भिड्दै

विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल–क्रोएसिया र अर्जेन्टिना–नेदरल्याण्ड्स भिड्दै

विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल–क्रोएसिया र अर्जेन्टिना–नेदरल्याण्ड्स भिड्दै

दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।

यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी दुई टोली पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो ।

त्यसपछि २०१८ मा नेदरल्याण्ड्स छनोट नै भएन । अर्जेन्टिना भने अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो दुई विश्वकपमा अर्जेन्टिनालाई हराउने टिम नै च्याम्पियन बनेको छ ।

क्रोएसिया फिफा वरीयतामा १२ औं स्थानमा छ । कतार विश्वकपमा अपराजित रहँदै क्रोएसिया क्वाटरफाइनल पुगेको हो भने ब्राजिल एक खेल पराजित भइसकेको छ ।

चार वर्ष अघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसिया फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । यसपटक पनि क्रोएसिया त्यही प्रदर्शनलाई दोहोर्‍याउन चाहन्छ ।

फिफा वरीयतामा विश्व नम्बर एक अनि विश्वकपको सदाबहार दाबेदार हो ब्राजिल । हरेक विश्वकपको दाबेदार रहेपनि ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन । चार वर्ष अघि रुसमा क्वाटरफाइनल पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।

नेदरल्याण्ड्स फिफा वरीयतामा ८औं स्थानमा छ । तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कंदै क्वाटरफाइनल पुगेको हो ।

अर्जेन्टिना फिफा वरीयतामा तेस्रो स्थानमा छ । पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह ‘बी’ को विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो ।

लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको रुपमा रहेको यस संस्करणमा अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ ।

प्रकाशित समय : ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु