global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेन युद्धः अमेरिकी गुप्तचर भन्छन्– जाडो मौसममा युद्धमा सुस्तता आउछ

युक्रेन युद्धः अमेरिकी गुप्तचर भन्छन्– जाडो मौसममा युद्धमा सुस्तता आउछ

युक्रेन युद्धः अमेरिकी गुप्तचर भन्छन्– जाडो मौसममा युद्धमा सुस्तता आउछ

युक्रेन लडाइ सुस्त हुँदै गएको र आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने अमेरिकी गुप्तचर निकायहरूले विश्वास गरेका छन् । तर, युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्स बताउँछिन् ।

युक्रेनको महत्वपूर्ण उर्जा पूर्वाधारमा रुसी आक्रमणपछि उनको भनाइ आएको हो । युक्रेनमा युद्ध भएको अहिले नवौं महिनामा पुगेको छ । तर, रुसले कब्जा गरेको आधाभन्दा बढी भूमि गुमाएको छ ।

क्यालिफोर्नियामा एक प्रतिरक्षा फोरमलाई सम्बोधन गर्दै हेन्सले अहिले अधिकांश लडाई पूर्वीयुक्रेनको बाख्मुट र दोनेत्स्क क्षेत्र वरपर भइरहेको बताइन् । उनले गत महिना रुसले खेरसन क्षेत्रको पश्चिमबाट सेना फिर्ता गरेपछि लडाई सुस्त भएको बताइन् । गत महिना पश्चिम खेरसन क्षेत्रबाट रुसी सेना फर्किएपछि लडाइँमा सुस्तता आएको उनको भनाइ छ ।

‘हामीले पहिले नै द्वन्द्वको एक प्रकारको न्युन धड्कन देखिरहेका छौं । आशा गर्छौं कि हामी आउने महिनाहरूमा पनि त्यस्तै देख्ने सम्भावना छ’, उनले भनिन् ।

प्रकाशित समय : ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु