global ime bank Long Banner Ad

गृहपृष्ठ झिनो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक काराेबार भएका ५ कम्पनी

झिनो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक काराेबार भएका ५ कम्पनी

झिनो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक काराेबार भएका ५ कम्पनी

साताको पहिलो दिन सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६३.२२ मा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सेयर बजार उकालो लागेसँगै आज नेस्डो समृद्धि लघुवित्तको ६.११ प्रतिशतले घटेको छ । त्यस्तै, नबिल बैंकको ३.४०,पोखरा फाइनान्सको २.८३ प्रिमियर इन्स्योरेन्स कम्पनीको २.७८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सर्वाधिक नबिल बैंकको १९ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ७७ लाख, फरवार्ड माइक्रोफाइनान्सको ७ करोड ११ लाख, हिमालयन डिष्टिलरीको ६ करोड ७० लाख र शिवम् सिमेन्ट्सको ४ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ । यस दिन जीवन बिमा समूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक १.६५ प्रतिशतले बढेको छ ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु