global ime bank Long Banner Ad

गृहपृष्ठ ‘चीनले हाम्रो चुनावमा हस्तक्षेप गर्‍यो’

‘चीनले हाम्रो चुनावमा हस्तक्षेप गर्‍यो’

‘चीनले हाम्रो चुनावमा हस्तक्षेप गर्‍यो’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले देशको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । ट्रुडोले बेइजिङले लोकतन्त्रसँग ‘आक्रामक खेल’ खेलेको र क्यानाडाका संस्थाहरूलाई निशाना बनाएको आरोप लगाए ।

क्यानाडाली गुप्तचरले हालैको चुनावमा बेइजिङ समर्थित उम्मेद्वारहरूको “गुप्त नेटवर्क“ पहिचान गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाइरहेका बेला प्रधानमन्त्री ट्रुडोको भनाइ आएका हो । सन् २०१९ को संघीय चुनावमा कम्तीमा ११ जना उम्मेदवारलाइ चीनले समर्थन गरेको अधिकारीहरूले ट्रुडोलाई जानकारी गराएका थिए ।

अज्ञात गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय प्रसारक ग्लोबल न्युजले रिपोर्ट गरेको छ की बेइजिङले उम्मेद्वारहरूलाई रकम प्रदान गरेको थियो र चिनियाँ अपरेटिभहरूले धेरै उम्मेद्वारहरूको प्रचार सल्लाहकारको रूपमा काम गरेका थिए ।

एउटा मामलामा १ लाख ६० हजार युरो ओन्टारियोमा रहेको प्रान्तीय सांसदको कार्यालयमार्फत सहयोग गरिएको थियो ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु