global ime bank Long Banner Ad

गृहपृष्ठ जसपाको पहिलो अध्यक्षमा महन्थ ठाकुर, दोस्रोमा बाबुराम र तेस्रो वरीयतामा उपेन्द्र यादव

जसपाको पहिलो अध्यक्षमा महन्थ ठाकुर, दोस्रोमा बाबुराम र तेस्रो वरीयतामा उपेन्द्र यादव

जसपाको पहिलो अध्यक्षमा महन्थ ठाकुर, दोस्रोमा बाबुराम र तेस्रो वरीयतामा उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा नेतृत्व र वरियताको विषयमा सहमति जुटेको छ । जसअन्तर्गत महन्त ठाकुर पहिलो, डा.बाबुराम भट्टराई दोस्रो र उपेन्द्र यादव तेस्रो वरियतामा रहने गरी सहमति जुटेको बताइएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल मिलेर बनेको जसपामा महन्थ ठाकुरलाई अध्यक्षसहितको पहिलो वरियता दिएको छ । जसपाका नेता डा. शिवजी यादवका अनुसार महन्त ठाकुरकै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गराइने छ ।

दोस्रो वरियताका डाक्टर बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष र तेस्रो वरियतासहित उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्षमा सहमति जुटेको छ । अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता हुँदा उनीहरुको वरियता क्रमशः चौथो र पाँचौ हुने सहमति जुटेको उनले बताए ।

प्रकाशित समय : २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु