global ime bank Long Banner Ad

गृहपृष्ठ शाओमीको नयाँ स्टोर इटहरीमा

शाओमीको नयाँ स्टोर इटहरीमा

शाओमीको नयाँ स्टोर इटहरीमा

शाओमीले अरुण एण्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।

धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोरनजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो । आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्यसहित ब्राण्डले नेपालभरि नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले नयाँ स्टोर खुलेपछि ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुने र सँग-सँगै सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने कम्पनीको उद्देश्य पनि पूरा हुने बताए । ‘हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यो नयाँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँ-नयाँ उत्पादनहरु मन पराउनुहुनेछ,’ उनले भने ।

यो मोडलले नेपालमा नयाँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु