काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइसीसी टी-२० विश्वकप : बंगलादेशको रोमाञ्चक जित

7.56K
shares

अस्ट्रेलियामा जारी आइसीसी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

जवाफमा जिम्बाबे २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनमा समेटिएपछि बंगलादेशले रोमाञ्चक जित निकालेको हो । पहिला ब्याटिङ गरेको बंगलादेशका लागि नजमुल होसेन सान्टोले ७१ रनको सानदार अर्धशतकीय इनिङ खेले । कप्तान सकिब अल हसनले २३ रन बनाउँदा अफिफी होसेइनले २९ रन बनाएका थिए ।

त्यस्तै, लिटन दासले १४ रन बनाएका थिए । जिम्बावेका लागि रिचार्ड नगराभ र ब्लेसिङ मुजारबानीले समान २-२ विकेट लिएका थिए ।

जिम्बावेले ३५ रन जोड्दा ४ विकेट गुमाए पनि त्यसपछि सम्हालिँदै प्रतिस्पर्धात्मक खेल खेलेको थियो । सेन विलियम्सले ४२ बलमा ८ चौकासहित सर्वाधिक ६४ रन बनाए । त्यस्तै, रयान बर्लले २७ रनमा अविजित रहे । रेजिस चकभा १५, वेस्ली मेधरेवे ४, क्रेग इर्विन र मिल्टन सुब्बा ८-८ रनमा आउट भए । सिकन्दर राजा शून्यमा आउट भए ।

बंगलादेशका तस्किन अहमदले ३ विकेट लिँदा मुश्ताफिजुर रहमान र मासाद्देक हसनले समान २/२ विकेट हात पारे ।

बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो । जिम्बावेले पहिलो खेल दक्षिण अफ्रिकासँग वर्षाको कारण रद्द हुँदा अंक बाँडेको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई एक रनले हराएको थियो ।

जिम्बावेले अब बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्ने छ । बंगलादेशले बुधबार भारत र आइतबार पाकिस्तानसँग खेल्ने छ ।