nmb bank

गृहपृष्ठ वाणिज्य बैंकमा बढ्यो निक्षेप, सन्तुलनमा सीडी रेसियो

वाणिज्य बैंकमा बढ्यो निक्षेप, सन्तुलनमा सीडी रेसियो

वाणिज्य बैंकमा बढ्यो निक्षेप, सन्तुलनमा सीडी रेसियो

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा आठ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । असोज २१ देखि २८ गतेसम्म वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप थपिएको नेपाल बैंकर्स संघले जनाएकाे छ ।

असोज २१ गतेसम्म ४५ खर्ब १० अर्ब ९७ करोड रुपैयाँ कायम थियो भने असोज २८ गतेसम्म ४५ खर्ब १९ अर्ब १६ करोड रूपैयाँ निक्षेप कायम भएको हाे । त्यस्तै एक साताको अवधिमा ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । २१ गतेसम्म ४१ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ कायम थियो भने असोज २८ गतेसम्म ४१ खर्ब ९३ अर्ब २४ करोड रुपैयाँ कर्जा कायम भएको छ ।

असोज २८ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा र निक्षेपबीचको अनुपात (सीडी रेसियो) ८६.९६ प्रतिशत कायम भएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूको सीडी रेसियो सन्तुलनमा रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ९० प्रतिशतभन्दा कम सीडी रेसियो कायम गर्न निर्देशन दिएको छ ।

प्रकाशित समय : १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु