global ime bank Long Banner Ad

गृहपृष्ठ सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति

सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति

सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पनि उनको भनाइ छ ।

जोशीको निधनपछि आज बिहान ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’ सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन् ।

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।

प्रकाशित समय : १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु