global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति पूर्व प्रधानमन्त्री भट्टराईको असन्तुष्टि

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति पूर्व प्रधानमन्त्री भट्टराईको असन्तुष्टि

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति पूर्व प्रधानमन्त्री भट्टराईको असन्तुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उनले प्रतिनिधिसभा सदस्यकाे निर्वाचनका लागि  कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए। उनले विज्ञहरुलाई देशभन्दा बाहिर पठाएर मुलुक भित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याए।

भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताए।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु