global ime bank Long Banner Ad

गृहपृष्ठ ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला दलबाटै

९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला दलबाटै

९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला दलबाटै

करिब ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला राजनीति दलहरूबाटै हुने गरेको सरोकारवाला निकायले जनाएका छन् । यसकारण आगामी निर्वाचनमा यस्तो घटना नदोहोर्याउन र आचार संहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोाजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने गरेको आरोप लगाए । निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियम उल्लंघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताए ।

कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी ४ मंसीरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार, दललगायत सरोकारवाला पक्षले पालाना गर्नु पर्ने आचारसंहितको बिषयमा जानकारी गराएको थियो ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु