global ime bank Long Banner Ad

गृहपृष्ठ बारामा एकै परिवारका तीन जनाको हत्या

बारामा एकै परिवारका तीन जनाको हत्या

बारामा एकै परिवारका तीन जनाको हत्या

बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको हत्या गरि फालेको अवस्थामा शव फेला परेको छ । प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो ।

प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

एसपी बोगटीका अनुसार तीनै जनाको विभत्स हत्या गरिएको छ । प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ । उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको एसपी  बोगटीले जानकारी दिए ।

प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका गरेको छ । श्रीमती र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र घाइते भएको हुनसक्ने एसपी बोगटीको भनाइ छ ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु