global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ जुम्लामा पहिरोले घर पुरिँदा मृत्यु हुनेकाे संख्या ७ पुग्यो, २ घाइते (अपडेट)

जुम्लामा पहिरोले घर पुरिँदा मृत्यु हुनेकाे संख्या ७ पुग्यो, २ घाइते (अपडेट)

जुम्लामा पहिरोले घर पुरिँदा मृत्यु हुनेकाे संख्या ७ पुग्यो, २ घाइते (अपडेट)

जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका-५, बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । ‘बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्,’ उनले भने, ‘प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।’

जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डीएसपी चन्दले बताए । ‘हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो,’ उनले भने, ‘साँझसम्म घटनास्थलमा पुग्ने आश गरेका छौँ ।’

सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डीएसपी चन्दले बताए । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु