global ime bank Long Banner Ad

गृहपृष्ठ अन्ततः रुसमा गाभिए युक्रेनका चार क्षेत्र

अन्ततः रुसमा गाभिए युक्रेनका चार क्षेत्र

अन्ततः रुसमा गाभिए युक्रेनका चार क्षेत्र

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरे ।

पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका छन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा त्यस्तो निर्णय गरेको बताए ।

रुसमा गाभिने वा नगाभिने भन्ने विषयमा भएको जनमतसंग्रहमा रुसको पक्षको मत जाहेर भएको थियो । ‘परिणाम सबैलाई राम्रोसँग जानकारी छ’, पुटिनले भने, ‘जनताले आफ्नो चाहना व्यक्त गरेका छन् ।’

रुसी राष्ट्रपति पुटिनले भनेको जनमतसंग्रहलाई पश्चिमा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले भर्त्सना गरेका छन् ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु