global ime bank Long Banner Ad

गृहपृष्ठ कृषकलाई आधा मूल्यमै बीउ

कृषकलाई आधा मूल्यमै बीउ

कृषकलाई आधा मूल्यमै बीउ

भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बिउ वितरण गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बिउहरू वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।

करिब ७० क्विन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिनेछ। स्याउली सेवा केन्द्र र खलंगाबाट उक्त बिउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।

उन्नत बिउ प्रयोग गरी उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरी व्यवसायतर्फ उन्मुख गराउन बिउमा अनुदान दिएको अधिकारीले बताए। आलुको बीउमा ५० प्रतिशत अनुदान पाएपछि किसान उत्साहित भएका छन्।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु