global ime bank Long Banner Ad

गृहपृष्ठ खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सात जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला संयोजक डम्बर विकले जानकारी दिए । उनका अनुसार मन्त्री गहतराजसँगै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नेताहरु नरेन्द्र न्यौपाने, नरबहादुर केसी, प्रकाश सुवेदी, ओमप्रकाश केसी र अशोक रोकायको नाम सिफारिस भएको छ ।

मन्त्री गहतराजले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा (एमाले) सँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनले दोस्रोपटक यही क्षेत्रबाट उम्मेदवारको आकांक्षा देखाएका छन् । गत निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित भएकी कृष्णा पनि यसपटक प्रतिनिधिसभामा आकांक्षी छन् ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु