global ime bank Long Banner Ad

गृहपृष्ठ पाल्पा–२ मा एकीकृत समाजवादीबाट पाण्डे सिफारिस

पाल्पा–२ मा एकीकृत समाजवादीबाट पाण्डे सिफारिस

पाल्पा–२ मा एकीकृत समाजवादीबाट पाण्डे सिफारिस

नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन् ।

उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् । उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट विजयी भएका थिए । उनी सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० को निर्वाचनमा पनि एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । सोही क्षेत्रमा एमालेबाट पोलिटब्यूरो सदस्य ठाकुर गैरेको एकल नाम पार्टीले सिफारिस गरेको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ । क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जिआर, निमनारायण ढुंगानालाई सिफारिस गरेको छ भने क्षेत्र २ (ख) मा झलक रायमाझी र कमल रायमाझी उम्मेदवारका रूपमा सिफारिस हुनुहुन्छ । प्रदेशसभामा समानुपातिकतर्फ गोदावरी ज्ञवाली, बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको छ ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा लेखनाथ पोखरेललाई सिफारिस गरेको छ भने समानुपातिकमा अल्पसङ्ख्यकमा रमा घर्ती सिफारिसमा परेकी छन् । प्रत्यक्षमा प्रदेशसभा सदस्य (क) मा विनोद श्रेष्ठ र कमल सेन सिफारिसमा परेका छन् भने (ख) मा पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठ छन् । समानुपातिकमा क्षेत्र १ (क) महिला तारा कँडेल, दलितमा सर्वजित विश्वकर्मा र क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरिएको छ ।

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु