global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेको आरोप : चुनाव प्रभावित पार्न कर्मचारीको सरुवा

एमालेको आरोप : चुनाव प्रभावित पार्न कर्मचारीको सरुवा

एमालेको आरोप : चुनाव प्रभावित पार्न कर्मचारीको सरुवा

प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएका हुन् ।

निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलाई तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए ।

काम चलाउ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै उनले जथाभावी, मनलाग्दी, निर्वाचन प्रभावित पार्नेगरी सरकारले छानीछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाए । राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने विभेदविरुद्ध एमाले उत्रिने उनको चेतावनी छ ।

गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका सीडीओहरूको सरुवा गरेको छ ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु