global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डले भने– कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढ्यो

प्रचण्डले भने– कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढ्यो

प्रचण्डले भने– कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढ्यो फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँड गर्दा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिटमा मान्ने सम्भावना बढेको बताएका छन् ।

मंगलबार बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताए । उनले दाबी आफ्नो भए पनि सहमतिमै निष्कर्षमा पुगिने बताए ।

‘सिट संख्या सबै एकैचोटी टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नुभएको छ । आज बेलुकासम्मको समय दिइएको छ । भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ,’ उनले भने ।

प्रचण्डले आफूहरूले ६० आसपास सिट पाउने पनि बताए । यसैगरी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले २५–२५ सिट दाबी गरेको र सबै दलको दाबीअनुसार सहमति खोज्ने प्रयास भइरहेको बताए ।

‘कांग्रेसले १०० सिट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौँ केही तलमाथि होला । समाजवादीको २५ वरिपरि होला,’ उनले भने, यसैलाई आधार बनाएर अहिले सबैजना बसेर टुंग्याउने छौँ । मिल्न बाँकी भयो भने शीर्ष नेता बसेर टुंग्याउँछौँ ।’

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु