global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खप्तड लघुवित्तको आइपीओ बाँडफाँड

खप्तड लघुवित्तको आइपीओ बाँडफाँड

खप्तड लघुवित्तको आइपीओ बाँडफाँड

खप्तड लघुवित्तको आइपीओ बाँडफाँड भएको छ । सोमबार बिहान भएको गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा रीतपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।

खप्तडले ८ बाट १२ भदौसम्म कुल एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोष र दुई हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो ।

बाँकी एक लाख २३ हजार चार सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु