गृहपृष्ठ इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद कहिलेसम्म ?
इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद कहिलेसम्म ?
इस्टर्न हाइड्रोपावरले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई बिक्री खुला गरिरहेको आइपीओमा आवेदन दिने म्याद भोलि मंगलबारसम्म रहेको छ । तर यस अवधिमा सबै आइपीओ बिक्री नभएमा भने ५ असोजसम्म पनि आवेदन दिन पाइनेछ ।
कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन् । इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रकाशित समय : ११:२७ बजे




















