global ime bank Long Banner Ad

गृहपृष्ठ सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा १ नम्बर क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेशसभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सभामुख सापकोटा, फूलम तामाङ र माधव सापकोटा सिफारिस भएका छन् । त्यस्तै, समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलितबाट गणेश विक र अल्पसंख्यकबाट पार्वती थामी सिफारिस भएका छन् ।

प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस भएका छन्। त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल, आदिवासी जनजातिबाट लालकान्छा तामाङ, आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ, दलितबाट राजु खाती, आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा र अल्पसंख्यकबाट सुन्दर पहरी सिफारिस भएका छन् ।

प्रदेशसभा (ख)बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा र प्रतापसिं तामाङ सिफारिस भएका छन् । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, आदिवासी जनजातिबाट पदम श्रेष्ठ, दलितबाट सागर परियार, दलितबाट सुभाष सुन्दास र अपांगबाट टीकाराम पराजुली सिफारिस भएका छन् ।

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु