nmb bank

गृहपृष्ठ नर्भिकले ३ दिन ‘फ्रि केमिकल पिल’ सञ्चालन गर्ने

नर्भिकले ३ दिन ‘फ्रि केमिकल पिल’ सञ्चालन गर्ने

नर्भिकले ३ दिन ‘फ्रि केमिकल पिल’ सञ्चालन गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्रि केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्रि केमिकल पिलको सेवा सञ्चालन गर्न लागेको हो । फ्रि केमिकल पिल सेप्टेम्बर भदौ २२, २९ र असोज ५ गते सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन् । यो अभियानअन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ । तर, औषधि भने निःशुल्क हुने छैन ।

नर्भिकले हालै आफ्नो कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ । अस्पतालका अनुसार यो एउटै मसिनको मद्दतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मसिनको मद्दतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ ।

‘अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ । जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ,’ अस्पतालले भनेको छ, ‘यो फेसियल स्किनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो ।’

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु