गृहपृष्ठ सनसिल्कको ‘सीमित विशेष दसैं प्याक’ सार्वजनिक
सनसिल्कको ‘सीमित विशेष दसैं प्याक’ सार्वजनिक
सनसिल्कले यस वर्षको ‘सीमित विशेष दसैँ प्याक’ सार्वजनिक गरेको छ । उक्त प्याक नेपालमा पहिलोपटक प्रस्तुत गरिन लागेको सनसिल्कले जनाएको छ ।
उक्त प्याकमा हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट गरी ३ भिन्न प्रकार रहेका छन् । तीन नयाँ प्याकहरूमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलोपटक पेस गरिएको हो ।
यस वर्ष ‘सनसिल्क दसैँ भाइब्स २’ ले नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको सनसिल्कले जनाएको छ । युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले गत वर्ष दसैँमा आयोजित दसैँ भाइब्स प्रतियोगिताको विजेताहरू सनसिल्क ग्याङ अफ गर्ल्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएको बताए ।
सनसिल्क दसैँ भाइब्सले आफ्नो अनगिन्ती कोसेढुंगाहरूमध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्युज प्राप्त गरेको थियो भने २८५४ जनाले सहभागिता जनाएका थिए ।
गत वर्षको अभियानले सनसिल्क ग्याङ अफ गर्ल्सको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका दिएको थियो । जसमा आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्रान्ड एम्बेस्डरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्रान्डको रूपमा जोडिएका थिए ।
प्रकाशित समय : १४:४५ बजे



















