गृहपृष्ठ ‘ऐना झ्यालको पुतली’ देशव्यापी प्रदर्शन हुँदै

‘ऐना झ्यालको पुतली’ देशव्यापी प्रदर्शन हुँदै

‘ऐना झ्यालको पुतली’ देशव्यापी प्रदर्शन हुँदै

फिल्म ‘ऐना झ्यालको पुतली’को निर्माण पक्षले मंगलबार पत्रकार सम्मेलन सम्पन्न गरेको छ । साे अवसरमा फिल्मकाे कथावस्तुबारे जानकारी दिइयाे ।

निर्माण पक्षका अनुसार फिल्मले एक परिवारको सरल कथा बोकेको छ । फिल्मकाे देशव्यापी प्रदर्शन भदौ २४ गतेदेखि हुने भएकाे छ । ट्रेलरले पनि निकै प्रशंसा बटुलेकाे साे फिल्ममार्फत सुजित बिडारीले निर्देशन करिअरको थालनी गरेका हुन् ।

कोरोना महामारी र अन्य प्राविधिक कारणले फिल्म चार वर्षपछि रिलिज हुन लागेको निर्देशक बिडारीले बताए । संखुवासभामा छायाँकन गरिएको यस फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, उमेश श्रेष्ठ, क्षितिज र प्रसन्नको अभिनय रहेको छ । कञ्चन चिमरिया फिल्मको मुख्य पात्र हुन् ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु